पोखराका व्यवसायिक पसलमा मेगा बैंकको क्यूआर कोड सेवा

पोखराका व्यवसायिक पसलमा मेगा बैंकको क्यूआर कोड सेवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार । 
मेगा बैंक नेपाल लिमिटेडले पोखराका व्यवसायिक पसलहरुमा क्यूआर कोड वितरण गरेको छ। यससँगै  क्यूआर कोडबाट भुक्तानी सेवाको सुरु गरेको छ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले पोखराको चिप्लेढुङ्गामा रहेको घामपानी बजार,  लामाचौर, हेम्जाका विभिन्न स्थानका पसलबाट सामान किनेर यो सेवाको सुरु गरेकि हुन्।  

यससँगै पोखराका उपभोक्ताहरुले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसनमार्फत सामान किनेको रकम सजिलै क्यूआर कोडबाट भुक्तानी गर्न सक्नेछन्।

नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोवार र नगदरहित कारोबारलाई बढावा दिने राष्ट्र बैकको नीति बमोजिम मेगा बैंकले क्यूआर कोड सेवालाई तीव्रता दिइरहेको बतायो।