काठमाडौं – बिहिबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । मूल्य बढेसँगै आज छापावालल सुन प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ६५० रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ७०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार १५० रूपैयाँमा कारोबार भएको थियो। गत सोमबारदेखि नेपाली बजारमा सुनको मूल्य लगातार बढिरहेको छ ।
त्यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १४ सय २० रूपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया