धुम्बाराही तरकारी बजारमा नविल बैंकको क्युआर कोड सञ्चालन

धुम्बाराही तरकारी बजारमा नविल बैंकको क्युआर कोड सञ्चालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार । 
धुम्बाराही तरकारी बजारमा नविल बैंकको क्युआर कोड संचालनमा ल्याइएको छ। मंगलबार बिहान राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले उक्त क्युआर कोडको उद्धघाटन गरेका हुन्।

सोही अवसरमा उनले विद्युतिय भुक्तानी प्रविधिमा जोड दिनुपर्ने बताए। साथै क्यासलेस कारोबारलाई बढाउनुपर्ने उनको भनाइ थियो।

यो सहज, सजिलो र नेपालकै प्रविधियुक्त एप हो। जसबाट विदेशमा पैसाको कारोबार गर्न नसकिने बताइएको छ।

नबिल बैंकका सिइओ अनिल केसरी शाहले सबै तरकारी बजारलाई क्यासलेस कारोबार गर्न प्रोत्साहित गर्दै जाने बताए। उनले तरकारी पसल राख्ने व्यापारीलाइ पाँच लाखसम्म ऋण प्रदान गरिने जानकारी दिए।