काठमाडौं – अर्थमन्त्री डा . प्रकाशशरण महतले कर प्रशासनमा चार्टड एकाउण्टेन्सहरुलाई प्रवेश गराउन सकारात्मक रहेको बताएका छन् ।
बुधवार काठमाडौंमा आयोजित चार्डट एकाउन्टेन्स संस्थाको २७ औं वार्षिकोत्सव एवं छैटौं दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले चार्टड एकाउण्टेन्सहरुलाई कर प्रशासनमा प्रवेश गराउन सकारात्मक रहेकाे बताएका हुन् ।
उनले भने, ‘चार्टड एकाउण्टेन्सहरुले जुन प्रतिक्रिया यहाँ गर्नुभएको छ। पेशागत कर्तव्य पालना गर्ने सिलसिलामा आउने लोभ, लालसा अथवा डर धम्कीबाट किञ्चित नहिच्किचाइ आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्ने प्रतिज्ञा गर्दछु भनेर जुन प्रतिज्ञा गर्नुभएको छ।यो पूरा तपाईहरुले गरिदिनु भयो भने सुशासन सुनिश्चित छ।’ मन्त्री महतले देशको अर्थतन्त्रले बिस्तारै लय समातिरहेको पनि बताए । (न्युज एजेन्सी नेपाल)
प्रतिक्रिया