काठमाडौं – नेपाल राष्ट्र बैंकले आज पनि २० अर्ब तान्ने भएको छ । बैंकले बजारमा अधिक तरलता भएको भन्दै धमाधम निक्षेप संकलन लागेको आज तेस्रो दिन हो । बैंकले आज २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको हो ।
बैंकले यसअगाडि पनि मंगलबार र बुधबार दुईदिन गरि ५० अर्ब तानिसकेको छ । बैंकले माघ १६ गते २० अर्ब र माघ १७ गते ३० अर्ब तानेको थियो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्।
बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् २० अर्ब रुपैयाँ तान्ने लागेको राष्ट्र बैंकले जनाएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्।
बैंकले १४ दिनका लागि निक्षेप संकलन उपकरण जारी गर्ने भएको हो। साँवा र ब्याज भुक्तानी मिति फागुन ३ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ ।
प्रतिक्रिया