काठमाडौं– रंगुन खोला हाइड्रोपावर आईपीओ निष्कासन गर्ने भएको छ । आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आगामी फागुन ९ गते कम्पनीले वार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीको सञ्चालक समितिले आईपीओ निष्कासनको सम्पूर्ण जिम्मेवारी लिने जनाइएको छ । साथै सभामा कम्पनीको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गरिनेछ ।
प्रतिक्रिया