काठमाडौं । साझा यातायातको प्रमुख कार्यकारी अधिकृत पदको लागि माग गरिएको दरखास्तमा कुनै आवेदन नपरेपछि पुनः सूचना प्रकाशित गरेको छ ।
खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृतका लागि पदपूर्ति गर्न मंसिर २५ गते सूचना प्रकाशित गरेको थियो । तर, उक्त पदका लागि तोकिएको म्याद सक्किसक्दा पनि कुनै आवेदन परेको छैन । यातायातले ४५ दिनको म्याद राख्दै आवेदन माग गरेको थियो ।
तोकिएको समयमा आवेदन यातायातले पुनः सूचना निकाल्दै आगामी १५ दिनसम्म आवेदन दिन आह्वान गरेको छ ।
दरखास्त दिने व्यक्तिको कम्तीमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरी सार्वजनिक वा सङ्गठित सङ्घ संस्थामा दशौँ तह वा सो सरहको श्रेणीको जिम्मेवारी लिइसकेको हुनुपर्नेछ । त्यस्तै सहकारी वा सार्वजनिक प्रशासन वा यातायात व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० ९दस० वर्षको अनुभव हासिल गरेको, दरखास्त दिने अन्तिम मितिसम्म पैँतिस वर्ष उमेर पूरा भएको र दरखास्त दिने अन्तिम मितिसम्म अन्ठाउन्न वर्ष उमेर ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया