सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड


काठमाडौं– सर्वोत्तम सिमेन्टले बुधबार आईपीओ बाँडफाँड गरेको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरूका खुलेको आईपीओ आज बिहान ९ बजे धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको नक्सालस्थित कार्यालयमा बाँडफाँड भएको हो ।

५ हजार ३४० आवेदकलाई ५० कित्ताका दरले आईपीओ बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जनाएको छ । जसअनुसार २ लाख ६७ हजार कित्ता बाँडफाँड गरिएको छ ।

कम्पनीले गत पुस २५ गतेदेखि माघ १० गतेसम्म प्रतिकित्ता ३६० रुपैयाँको २ लाख ६७ हजार कित्ता आईपीओको बिक्री आवेदन खुला गरेको थियो । आईपीओमा ३३ हजार ८२४ जना आवेदकबाट २१ लाख ३९ हजार २२० कित्ता खरिदका लागि आवेदन परेको थियो ।