काठमाडौं– कामना सेवा विकास बैंकले बुधबार ५ लाख ९ हजार ८९२ कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा राखेको छ । इच्छुक संस्थापक, योग्य व्यक्ति तथा संघसंस्थाहरुले आजदेखि माघ २३ गतेसम्म सेयर खरिदका लागि प्रभु क्यापिटल कमलादीमा आवेदन दिन सक्ने जनाइएको छ ।
प्रभु क्यापिटलले सार्वजनिक सूचना जारी गर्दै न्यूनतम २ लाख कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्ने जनाएको हो । प्रतिकित्ता न्यूनतम मूल्य १ सय रुपैयाँ तोकेर आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । साथै उच्च मूल्य दिएका आधारमा बोलकबोल विधिबाट सेयर बाँडफाँट हुने बैंकले जनाएको हो ।



About Us
प्रतिक्रिया