जाल्पा सामुदायिक लघुवित्तले लाभांश वितरण नगर्ने

जाल्पा सामुदायिक लघुवित्तले लाभांश वितरण नगर्ने


काठमाडौं- जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ। संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको हो ।

माघ १६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको थियो ।

संस्थाले २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गरेको थियो । संस्थाले तत्कालिन चुक्ता पुँजीको ७३ प्रतिशत बोनस सेयर र ३.८४२१ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) गरी कुल ७६.८४२१ प्रतिशत लाभांश वितरण गरेको थियो ।