बोर्डको हित विपरित कार्य गरेको कसुरमा कार्यकारी निर्देशक बसौला पदमुक्त


काठमाडौं– स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला पदमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सूचना जारी गर्दै बसौलालाई पदबाट हटाएको जानकारी दिएको हो ।

बसौलाउपर ‘स्वास्थ्य बीमा ऐन, २०७४’ को ‘दफा २४’ को खण्ड (ख) र (घ) बमोजिम पदीय जिम्मेवारी पूरा नगरेको आरोप लागेको छ ।योसँगै सोही ऐनको ‘दफा २६’ अनुसार निर्देशन पालना नगरेको भन्दै बोर्डको हित विपरित कार्य गरेको आरोप पनि लागेको हो । यसर्थ उनलाई ऐनकै दफा २५ को उपदफा (२) बमोजिम रही पदबाट हटाइएको मन्त्रालयले जनाएको छ ।