काठमाडौं– नेपाल बीमा प्राधिकरणले हालै जारी गरेको सम्पत्ति बीमा निर्देशिका, २०८० मा रहेका केही प्रावधानलाई थप प्रष्ट पारेको छ । सोमबार परिपत्र जारी गर्दै प्राधिकरणले निर्देशिकाको निर्देशन नम्बर ५ को उपनिर्देशन ४ मा रहेको व्यवस्थालाई थप प्रष्ट पारेको हो ।
बैंक तथा वित्तीय संस्थाको लागि प्रयोग हुने बीमादरबारे रहेको उक्त व्यवस्थामा मोटर बीमालेख, सामुन्द्रिक बीमालेख, हवाई बीमालेख, इन्जिनियरिङ बीमालेख, कृषि, पशुपन्छी तथा जडिबुटी बीमालेख, नगद तथा मार्गस्थ बीमा र बैंकर्सको क्षतिपूर्ति बीमालेख लगायत विविध बीमाअन्तर्गत रक्षावरण हुने जोखिमको लागि जारी गर्न नपाइने कुरा उल्लेख गरेको छ ।
तर योग विहिन भएर घर वा शोरुममा राखिएका सवारी साधन, गोदाम भित्र राखिएको मार्गस्थ सामान, निर्माणाधीन भवनको बीमालेख भने यसैअन्तर्गत गर्न सकिने प्रावधान रहेको छ ।



About Us
प्रतिक्रिया