काठमाडौं– सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा ६ जना निर्वाचित भएका छन्। निर्वाचित हुनेमा संस्थापक समूहको तर्फबाट रतनलाल केडिया, कुमारप्रसाद कोइराला, भरतकुमार तोली र डा. सुवर्णदास श्रेष्ठ रहेका छन् ।
साथै सर्वसाधारण समूहकोतर्फबाट केशवराज केसी र परिक्षित खेम्का निर्वाचित भएका छन् । कम्पनीको माघ ११ गते सम्पन्न वार्षिक साधारण सभाले ६ जनालाई नै निर्विरोध निर्वाचित गरेको हो ।
योसँगै माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले नवनिर्वाचित सञ्चालकहरुबाट रतन लाल केडियालाई अध्यक्ष पदमा नियुक्त गरेको हो । केडियाले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष शपथ ग्रहण गरेका हुन् ।
प्रतिक्रिया