काठमाडौं– साताको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज १०.२६ अंकले बढेर २,१०४ को विन्दुमा कायम भएको हो ।
आज दिनभरिमा ३११ कम्पनीको १ करोड २३ लाख २२ हजार ७०५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ । १५० कम्पनीको सेयर मूल्य आज बढेको छ भने ८६ कम्पनीको मूल्य घटेको छ ।
प्रतिक्रिया