काठमाडौं– गार्डियन लघु जीवन बीमा कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी फागुन ६ गते विराटनगरमा रहेको होटल एअरपोर्टमा दिउँसो १ बजे प्रथम वार्षिक साधारण गर्दै आईपीओ निष्कासनको विशेष प्रस्ताव पेस गर्नेछ । सभामा आईपीओ निष्कासन गर्ने र सो सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित हुने कम्पनीले जनाएको छ ।
सभामा अध्यक्ष उदीप श्रेष्ठद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी यसलाई पारित पनि गरिनेछ । साथै २०८० असार मसान्तसम्मको वासलात, नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल हुने कम्पनीले जनाएको छ ।



About Us
प्रतिक्रिया