१९ अर्ब १० करोडको ट्रेजरी बिल नविकरण गर्दै राष्ट्र बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले ट्रेजरी बिलमार्फत १९ अर्ब १० करोड रुपैयाँ उठाउँने भएको छ । परिपक्व अवधि सकिएका ट्रेजरी बिल पुनः बिक्रीका लागि राष्ट्र बैंकले बोलकबोल आब्ह्वान गरेको हो । बैंकले १९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्न लागेकाे हाे ।

ट्रेजरी बिलका लागि राष्ट्र बैंकले आज सोमबार दिउँसो २ बजेसम्म बोलकबोल गर्न आग्रह गरेको छ। माघ १६ गते मंगलबार ट्रेजरी बिल जारी वितरण गरिनेछ।

जसअनुसार ८ अर्ब १० करोड रुपैयाँको ९१ दिने, ५ अर्ब रुपैयाँको १ सय ८२ दिने, १३ अर्ब रुपैयाँको १८२ दिने र ६ अर्ब रुपैयाँ बराबरको ३ सय ६४ दिने ट्रेजरी बिलका लागि बोलकबोल मागिएको छ।