हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन

हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन


काठमाडौं नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयर समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार ८.६३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरिएको हो । नेप्सेका अनुसार उक्त मूल्य ६६० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको छ ।

समायोजनपछि यसको मूल्य ६०७ रुपैयाँ ५७ पैसा कायम भएको छ। सोही भाउलाई आधार मानेर यसको कारोबार खुला हुने नेप्सेले जनाएको छ।