फागुन १३ गते सकिँदै महिला लघुवित्तको लकइन अवधि


काठमाडौं– महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको लकइन अवधि आगामी फागुन १३ गते सकिन लागेको हो । कम्पनीले एक सूचना जारी गर्दै लकइन पिरियड समाप्त हुन लागेको जानकारी दिएको छ ।

उक्त कम्पनीको साधारण शेयर वि.संं २०७७ को माघ ३० गतेदेखि फागुन ५ गतेसम्म सर्वसाधारणमा (कर्मचारीहरु समेतमा) निष्काशन तथा बिक्री खुल्ला गरेर फागुन १४ गते बाँडफाँड गरिएको थियो । नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार साधारण शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरी बाँडफाँट गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक शेयरधनीहरुले धारण गरेको शेयर, स्थानीय बासिन्दाहरु तथा कर्मचारीहरुलाई बाँडफाँट गरिएको शेयर लक इनमा राख्नु पर्ने व्यवस्था छ ।

सोही व्यसस्था अनुसार लक इनमा राखिएको उक्त शेयरको आउँदो फागुन १३ गते लक इनको समायावधि समाप्त हुने हुँदा संस्थापक शेयरधनी, कर्मचारीहरु र नियामक निकायहरु लगायत अन्य सम्पूर्ण सरोकारवालाहरुमा जानकारीका लागि सूचना प्रकाशित गरिएको कम्पनीले जनाएको छ । कम्पनीको ६ लाख कित्ता संस्थापक शेयरधनीको र पाँच हजार कित्ता कर्मचारीहरुको सेयर लक इनमा रहेको थियो ।