हिमालयन एभरेस्ट इन्स्योरेन्सको सेयरमूल्य समायोजन

हिमालयन एभरेस्ट इन्स्योरेन्सको सेयरमूल्य समायोजन


काठमाडौं – हिमालयन एभरेस्ट इन्स्योरेन्सको सेयरमूल्य ८ प्रतिशत बोनसका आधारमा समायोजन गरिएको छ । बिहीबार कम्पनीको ८.६३ प्रतिशत बोनस सेयरका आधारमा दोस्रो बजारमा मूल्य समायोजन गरिएको हो।

समायोजित मूल्य अनुसार अब कम्पनीको कारोबार प्रति सेयर ६०७.५६ रुपैयाँमा खुल्नेछ । बिहीबार उक्त कम्पनीको अन्तिम कारोबार ६६० रुपैयाँमा भएको थियो ।

कम्पनीले हालको चुक्ता पुँजीको ८.६३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ६.३७ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।