काठमाडौं– बिहीबार पनि सेयर बजार घटेको छ । गत साताको बुधबारदेखि लगातार घटेको सेयर बजार आज पनि ३.९४ अंकले घटेको हो ।नेप्से ३.९४ अंक घटेर नेप्से परिसूचक २०८४ अंकमा कायम भएको छ ।
कारोबार रकम भने अघिल्लो दिनकै बराबर ३ अर्ब ७६ करोड रुपैयाँको भयो । बिहीबार ९१ कम्पनीको मूल्य बढ्दा १४१ को घट्यो भने १५ को स्थिर रह्यो । समूहगत सूचकहरुमा मिश्रित प्रभाव देखिएको छ । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १ प्रतिशत घट्यो ।
प्रतिक्रिया