नेपाल सरकारद्वारा एक महिनामै २९ अर्ब बढी स्रोत सहमति प्रदान

नेपाल सरकारद्वारा एक महिनामै २९ अर्ब बढी स्रोत सहमति प्रदान


काठमाडौं– नेपाल सरकारले एक महिनामै २९ अर्ब बढी रकमको स्रोत सहमति प्रदान गरेको छ । २०८० को पुस महिलामा मात्रै २९ अर्ब २६ करोड ९८ लाख ९३ हजार बराबर बहुवर्षीय ठेक्काका लागि स्रोत सहमति र बजेटसँग सम्बन्धित अन्य सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रदान भएको स्रोत सहमतिमध्ये रासायनिक मल खरिद गर्न मात्र १५ अर्ब १८ करोड रुपैयाँ दिइएको छ । यो कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाएको हो ।

सिंहदरबार ग्यालरी बैठकको रेट्रोफिटिङ र श्रीमहल भवन पुनर्निर्माण कार्यका लागि थप स्रोत सहमति दिइएको छ । जसमा क्रमशः ६० करोड र २० करोड रुपैयाँ छ । मन्त्रालयका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत पुष्पलाल राजमार्ग र मदन भण्डारी राजमार्गका विभिन्न खण्डका लागि स्रोत सहमति प्रदान गरिएको छ ।