काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष प्रसाईंलाई दिइएको छ।रमेशकुमार भट्टराईले राजीनामा दिएपछि प्रसाईंले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका हुन्।
वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका प्रसाईंलाई सञ्चालक समितिको बुधबारको बैठकले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पिएको हो । चार्टर्ड अकाउण्टेन्टसमेत रहेका प्रसाईं तत्कालीन प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत थिए।
प्रतिक्रिया