लाभांश वितरण नगर्ने पक्षमा सानिमा जिआईसी इन्स्योरेन्स


काठमाडौंः सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले यसपटक लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यसपटक लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण सार्वजनिक गर्दै कायम रहेको वितरणयोग्य मूनाफा नबाँडी सञ्चित गर्ने पक्षमा कम्पनी पुगेको छ । निर्णयलाई नेपाल बीमा प्राधिकरण समक्ष पेश गरी साधारणसभा स्वीकृतिका लागि लैजाने पनि कम्पनीले जनाएको छ ।