काठमाडौं – सर्वोत्तम सिमेन्टको आईपीअओमा स्थानीय बासिन्दाले माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । सर्वोत्तमले स्थानीय बासिन्दाका लागि खुला गरेको आईपीओमा माघ १० गतेसम्मका लागि तोकिएको आवेदनको म्याद लम्ब्याएर माघ २५ गतेसम्म पु¥याएको हो ।
अब स्थानीय बासिन्दाले माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन्। सर्वोत्तमले जारी गरेको आईपीओमा स्थानीय बासिन्दाबाट निर्धारित समय अर्थात माघ १० गते सम्म माग अनुसार आवेदन नपरेका कारण म्याद लम्ब्याइएको हो।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई खुला गरेको आइपीओमा आवेदन दिने म्याद भने आज अन्तिम हो। उनीहरुले बुधबार कार्यालय बैंकिङ समयसम्म आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ।
सर्वोत्तमले बुक विल्डिङ विधिबाट आइपीओ जारी गरेको हो। उक्त आइपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनुपर्नेछ। स्थानीयले न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।



About Us
प्रतिक्रिया