काठमाडौं– ग्लोबल आइएमई बैंकका पूर्व सिइओ सुमन न्यौपाने रवि लामिछानेको खातामा पैसा जम्मा भएको प्रकरणमा सामाजिक सञ्जालमा स्टाटस लेख्दै बैंकमाथि प्रश्न चिन्ह्र खडा गरेका छन् । उनले सोमबार सामाजिक सञ्जालमा बैंकले मिति सच्याइएको सम्बन्धमा र विवरण उपलब्ध गराइएको सम्बन्धमा सार्वजनिक गरिएको सूचनाको फोटोसहित स्टाटस लेखेका हुन् ।

न्यौपानेले बैंकका भुतपूर्वको हैसियतले मेरोपनि २्४ वटा बुझाई थियो, तर भैगो भन्दिन भन्दै स्टाटसको सुरुवात गरेका छन् । यस्तो छ, उनको आधिकारिक फेसबुकमा पोष्ट गरिएको स्टाटसः
‘बैंकको भूतपूर्वको हैसियतले मेरोपनि २\४ बुझाई थियो।तर भैगो भन्दिन।यती ठुलो रकम एउटै चेकबाट जम्मा हुदा जम्मा गर्नेको बारेमा जिज्ञासा पक्कै भयो होला।जम्मा गर्दा भौचरमा जम्मा गर्नेको सहीपनि गराउने चलन छ।चेक क्लेरिगबाट अर्को बैंकमा १ रुपैयॅा अपुग भएपनि फर्किन्छ।यत्रो ठुलो रकमको चेक आउॅदा भुक्तानी गर्नु पर्ने बैंकलाईपनि चासो हुनु पर्ने हो। जम्मा भएको बैंकमा अघिल्लो दिन को १।८० करोडको निक्षप भोलिपल्ट घट्दा सोधखोज त पक्कै भयो होला।यसरी फिर्ता भएको चेकको खातावालालाई लिखीत जानकारी गराईन्छ।त्यो लिखत खातावालालाई मात्र हस्तान्तरण गरिन्छ। सन् २२ को कथा भन्छन्।बैंक स्टेटमेन्ट लिएर रुजु गर्ने आदत रहेन छ कि उन्को ? आगो त बलेन तर धुवॅा चैं कहॅाबाट आएछ? मोबाईलमा घण्टीमात्र नबजेको हो कि कम्मरको खुकुरी हुस्सुले लगेको हो उनै जानुन्। उताका त बिजी छन्।ठोरीका रामलाई सोध्ने हो कि ? भैगो केही भन्दिन ।



About Us
प्रतिक्रिया