रवि लामिछानेको खातामा एक रुपैयाँ जम्मा भएको छैनःपूर्व बैंकर शाह


काठमाडौं – पूर्व बैंकर एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अनिल केशरी शाहले पार्टी सभापति रवि लामिछानेको खातामा एक रुपैयाँ जम्मा नभएको बताएका छन् । शाहले खातामा पैसा राख्न खोज्नेको खातामा नै पैसा नहुँदा सभापति लामिछानेको खातामा पैसा जम्मा नभएको बताएका हुन् ।

पार्टीका सभापति रवि लामिछानेको खातामा एक करोड ८० लाख रुपैयाँ जम्मा भएको विषयमा स्पष्ट पार्न सोमबार आयोजित पत्रकार सम्मेलनमा शाहले लामिछानेको खातामा पैसा राख्न खोज्नेको खातामा नै पैसा नभएकाले रवि लामिछानेको खातामा पैसा जम्मा नभएको बताएका हुन् ।

उनले भने, ‘सभापतिजी (रवि लामिछाने) को केसमा मात्र यस्तो होइन । यो बैंकिङ प्रणालीमा नै यस्तो हुन्छ । हामीले भौचर भरेको अनुसार टेलरमा हेर्छ र बैंकले त्यही अनुसार जम्मा गर्छ । तर, त्यहाँ जसले जम्मा गरेको हो उसको खातामा पैसा नपुग्दा खातमा पैसा जम्मा भएन । यो सन् २०२२ मा भएको कुरा हो । आजको कुरा होइन ।’