काठमाडौं– नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय कारोबार गर्दा सजगता अपनाउन आग्रह गरेको छ । बैंकले वित्तीय चेतनाका लागि सचेतनामूलक सन्देश जारी गर्दै डिजिटल वित्तीय करोबारमा अनलाइन ठगीको जोखिम रहेकाले सहगता अपनाउन आग्रह गरेको हो । बैंकले जुनसुकै कारोबार गर्दा अत्यन्तै सावधानीका साथ रकम प्राप्त गर्ने व्यक्तिको विवरण यकिन गरेरमात्र कारोबार गर्न आग्रह समेत गरेको छ ।
विभिन्न निकायका उच्च पदस्थ व्यक्ति तथा संस्था प्रमुखहरुका नाम र तस्बिर दुरुपयोग गरी ह्वाट्सएप, भाइबर, मेसेन्जर आदिमा अकाउन्ट बनाई वा ई–मेल आईडी खोली ठगी गर्ने उद्देश्यले विभिन्न बहानामा रकम पठाइदिन सन्देश पठाउने गरेको पाइएको भन्दै सजगता अपनाउन आग्रह गरेको हो ।
आफ्ना चिनजानका व्यक्ति वा उच्च पदस्थ व्यक्तिले सहयोग मागेको जस्तो वा कुनै आग्रह गरेजस्तो देखिने भएकोले यस्ता सन्देशको विश्वास गरी वित्तीय कारोबार गर्नुपूर्व सजग भई सम्बन्धित व्यक्तिसँग सोधपुछ गरेर यकिन भएपछि मात्र वित्तीय कारोबार गर्न पनि बैंकले आग्रह गरेको छ ।



About Us
प्रतिक्रिया