काठमाडौं,
अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले भोलि मंगलबार पुस ९ गते थप ३० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्नने भएको छ।
यसका लागि भोलि दिउँसो २ बजे बोलकबोल हुनेछ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
यो १४ दिने निक्षेप संकलन उपकरणको माघ २३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। माघमा यो तेस्रोपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै राष्ट्र बैंकले बजारमा पैसा तान्न लागेको हो। केन्द्रीय बैंकले गत माघ ३ गते ३० अर्ब रुपैयाँ र माघ ४ गते २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिचेको थियो।



About Us
प्रतिक्रिया