काठमाडौं,
नेपाल राष्ट्र बैंकले ५ अर्ब ४९ करोड रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ ।
राष्ट्र बैंकले २८ दिने ५ करोड रुपैयाँ र ९१ दिने ५ अर्ब ४९ करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो। जसमा ९१ दिने अवधिको थप ५ अर्ब रुपैयाँ नयाँ आन्तरिक ऋण उठाउने र बाँकी नवीकरण गर्न लागिएको छ। यी ट्रेजरी क्रमशः चैत ७ गते र २०८१ वैशाख ११ गते परिपक्क हुनेछन्।
यी ट्रेजरी बिल माघ ९ गते जारी हुनेछ। यसको बोलकबोल सोमबार माघ ८ गते दिउँसो २ बजे हुनेछ।



About Us
प्रतिक्रिया