लक्ष्मी सनराइज बैंकको नाफा १ अर्ब ५ करोड



काठमाडौं,
लक्ष्मी सनराइज बैंक लिमिटेड कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आफ्नो मुनाफा १ अर्ब ५ करोड ९२ लाख रुपैयाँ खुद कमाएको छ । जुन गत वर्षको भन्दा १६६ प्रतिशतले कम हो ।

कम्पनीको खुद ब्याज आम्दानी १०४.६६ प्रतिशतले बढेर ५ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी २ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ रहेको थियो ।

पुष समान्तसम्ममा कम्पनीको सञ्चालन नाफा ३.२२ प्रतिशतले घटेको छ । कम्पनीको उक्त नाफा १ अर्ब ४९ करोडबाट घटेर १ अर्ब ४४ करोडमा झरेको छ ।

कम्पनीको खराब कर्जा दर १.५६ प्रतिशत विन्दुबाट बढेर ४.६७ प्रतिशत, चुक्ता पुँजी २३ अर्ब १८ करोड ७१ लाख ५५ हजार रुपैयाँ, जगेडा कोष ९.६७ प्रतिशतले बढेर १६ अर्ब २६ करोड रुपैयाँ रहेको छ ।

कम्पाीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ५१ पैसाले घटेर ९ रुपैयाँ १४ पैसा र प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ६२ पैसा रहेको छ ।