काठमाडौं– एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०८०\८१ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको विवरणमा दोस्रो त्रैमाससम्ममा १ अर्ब ७१ करोड ३१ लाख रुपियाँ खुद नाफा आर्जन गरेको देखिन्छ। यो गत वर्षको सोही अवधिमा भन्दा ७.८८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५८ करोड ८० लाख रुपियाँ खुद नाफा आर्जन गरेको थियो ।
त्यस्तै समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने १.२७ प्रतिशतले घटेर ३ अर्ब ६२ करोड रुपियाँ कायम भएको छ । सञ्चालन नाफा २ अर्ब २६ करोडबाट बढेर २ अर्ब ४४ करोड पुगेको छ । सञ्चालन नाफा बढ्दा बैंकको खुद नाफा बढेको हो । यसको इम्पेयरमेन्ट चार्ज भने ३६ करोड ६६ लाखबाट बढेर ४३ करोड २३ लाख रुपियाँ पुगेको छ । त्यसैगरी चालू आवको पुस मसान्तसम्मा बैंकको वितरणयोग्य नाफा २ अर्ब ४० करोड छ । साथै, बैंकको खराब कर्जा ०.५५ प्रतिशत विन्दुबाट बढेर ०.७७ प्रतिशतमा पुगेको छ ।
११ अर्ब ७६ करोड ७९ लाख रुपियाँ चुक्ता पुँजी रहेको बैंकमा जगेडा कोषमा ११ अर्ब ४२ करोड रुपियाँ जम्मा छ । बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ६७ पैसाले बढेर २९ रुपैयाँ १२ पैसा पुगेको छ। यसको प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ५७ पैसा रहेको छ।एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०८०र८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले १ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ७.८८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
दोस्रो त्रैमाससम्म बैंकको खराब कर्जा अनुपात (एनपील) बढेर ०.७७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल ०.५५ प्रतिशत थियो। खराब कर्जालाई मेन्टेन गर्न बैंकले इम्पेयरमेन्ट चार्ज पनि बढेर ४३ करोड २३ लाख रुपैयाँ छुट्याएको छ। अघिल्लो वर्ष बैंकले ३६ करोड ६६ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको थियो।



About Us
प्रतिक्रिया