४१ प्रतिशतले घट्यो एनआईसी एशिया बैंकको नाफा

४१ प्रतिशतले घट्यो एनआईसी एशिया बैंकको नाफा


काठमाडौं-एनआईसी एशिया बैंक लिमिटेडको नाफा घटेको छ । बैंकले प्रकाशित गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको चालु आर्थिक वर्षको छ ६ महिनामा ४१.८४ प्रतिशतले खुद नाफा घटेको हो ।

बैंकले यो अवधिमा १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा गिरावट आएको छ । बैंकको खुद ब्याज आम्दानी १०.१३ प्रतिशतले घटेर ५ अर्ब ५४ करोड १४ लाख रुपैयाँ कायम भएको छ । यस्तै, बैंकको सञ्चालन नाफा पनि २४.१३ प्रतिशतले घटेर ३ अर्ब ५६ करोड १० लाख र कुल सञ्चालन आम्दानी पनि ४.९६ प्रतिशत घटेर ७ अर्ब १२ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।

बैंकको खराब कर्जा बढेर १.१९ प्रतिशत पुगेको छ भने वितरणयोग्य नाफा पनि ५९ करोड २२ लाख रुपैयाँ ऋणात्मक देखिन्छ । बैंकको निक्षेप संकलन भने २२.४५ प्रतिशत बढेर ३ खर्ब ८१ अर्ब २६ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।

हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ छ भने बैंकले जगेडा तथा कोषमा १५ अर्ब ६७ करोड ८३ लाख रुपैयाँ राखेको छ ।