काठमाडौं- नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनामा ३ अर्बभन्दा बढी नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको ६ महिनामा बैंकले ३ अर्ब २० करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको हो ।
गत वर्षको तुलनामा भने बैंकको यो नाफा ६.२८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सो समयमा बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी ५.२४ प्रतिशतले बढेर ८ अर्ब २४ करोड ३३ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, बैंकको समीक्षा अवधिमा कुल सञ्चालन आम्दानी पनि ५.७५ प्रतिशत बढेर १० अर्ब ६ करोड ३२ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ६.१८ प्रतिशतले घटेको छ ।
हाल बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड ७८ लाख रुपैयाँ रहेको छ ।
हाल बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २८ अर्ब २५ करोड ७७ लाख रुपैयाँ राखेको छ।
प्रतिक्रिया