माघ ६ गते वार्षिक साधारण सभा गर्दै भूगोल इनर्जी


काठमाडौं–भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले वार्षिक साधारण सभा भोलि शनिबार गर्ने भएको छ । कम्पनीले माघ ६ गते छैठौं वार्षिक साधारण सभा गर्ने भएको हो ।

सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । गत पुस १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुरानो बानेश्वरकाे काजिको किचेनमा बिहान ९ बजे सभा गर्ने निर्णय गरेको हो।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २३ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस २२ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।