‘हामी विस्तारै मुलुकभर छाउँदै छौँ’ 

‘हामी विस्तारै मुलुकभर छाउँदै छौँ’ 


प्रद्युमन पोखरेल, प्रमुख कार्यकारी अधिकृत, मुक्तिनाथ विकास बैंक 
प्रथम उपाध्यक्ष, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल

करिब ३० वर्ष वाणिज्य बैंकमा काम गरिसकेका प्रद्युमन पोखरेल अहिले मुक्तिनाथ विकास बैंकमा  प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा कार्यरत छन । बैकिङ्ग क्षेत्रमा अत्यन्तै राम्रो दखल भएका उनी १९ वर्षको उमेरबाट नै बैकिङ्ग क्षेत्रमा प्रवेश गरेका थिए । बैकिङ्ग क्षेत्रको विकासको शुरुआती चरणमा नै यस क्षेत्रमा सक्रिय रहेर काम गरेका उनले विगतको बैकिङ्ग क्षेत्र अहिलेभन्दा निकै पृथक अवस्थाबाट विकसित भएको सम्झन्छन । बैकिङ्ग समाचारका लागि मनोज रेग्मीले मुक्तिनाथ विकास बैंकका सीईओ  प्रद्युमन पोखरेलसँग नेपालमा बैकिङ्ग क्षेत्रको पछिल्लो अवस्था, बैकिङ्ग क्षेत्रको अबको यात्रा तथा एजेन्डा र मुक्तिनाथ विकास बैंकले पुर्याउँदै आएको योगदानबारे गरेको कुराकानीः

कोरोना भाइरसको महामारी पश्चात मुक्तिनाथ विकास बैंकले कसरी काम गर्ने योजना बनाएको छ ? बैंकका आगामी रणनितिहरु के–के हुन ?

कोरोनाको आगमनपछि हामीले समान्य रुपले स्वास्थसँग सम्बन्धीत प्रोटोकलहरु पछ्याउँदै काम गर्नुपर्ने अवस्था आयो । यसले वास्तममा ठुलो समस्या निम्त्याएको छ । अझै पनि यो पूर्ण रुपले हराइसकेको छैन । कोरोनासँगै यसका केही सिकाइहरु पनि छन् । गम्भीर समस्याका बेलामा पनि हाम्रा व्यवसायहरु कसरी सञ्चालन गर्न सक्छौँ भन्ने हामीले जान्ने अवसर पायौं । ग्राहकलाई कसरी सेवा प्रदान गर्न सक्छौं । संस्थाको हितको लागि हामीले कसरी काम गर्न सक्छौं । यस्ता विविध बाटोहरु पनि कोरोनाले देखाएको छ । यसमा मुक्तीनाथ विकास बैंक मात्र नभई सम्पूर्ण बैंक तथा वित्तिय क्षेत्रहरुले सेवा प्रदान गर्न सक्ने अवस्था बन्यो । यो सबैभन्दा महत्वपूर्ण कुरा हो । हामीले स्वास्थका सम्पूर्ण मापदण्डहरु पुरा गर्दै काम गर्यौ । माक्स लगाउनुपर्ने, स्यानीटाइजर प्रयोग गर्नुपर्ने, समाजिक दुरी कायम गर्नुपर्ने जुन स्वास्थसँग सम्बन्धीत मापदण्डहरु छन त्यसलाई हामीले पालना गर्यौ । हामीले सबैजना कर्मचारीहरुलाई शाखामा उपस्थित गराएर पनि काम गरिएन । ‘वर्क फर्म होम’ को मापदण्ड पनि पालना गर्यौ । यसो गर्दा एक प्रकारले साईबरसँग सम्बन्धीत थुप्रै जोखिमहरु पनि थिए ।

अहिले पनि मुक्तिनाथ विकास बैंकको भिसा डेविड कार्डको प्रयोग गर्दा पैसा लाग्दैन । मुक्तिनाथ विकास बैंकको कार्ड प्रयोग गर्दा तपाईले जुनसुकै बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा निशुल्क सेवा पाउन सक्नुहुन्छ ।

त्यसको व्यवस्थापन पनि हामीले गर्यौ । त्यसवखत साँचै भन्नुपर्दा हाम्रो नियमनकारी निकाए नेपाल राष्ट्र बैंकले अन्तर बैकिङ्ग एटिएम ट्रान्जेक्सन पनि निशुल्क गरायो । मुक्तिनाथ विकास बैंकले त यो नियम आउनुभन्दा अगावै पनि यस्तो सेवालाई निशुल्क गराएको थियो । अहिले पनि मुक्तिनाथ विकास बैंकको भिसा डेविड कार्डको प्रयोग गर्दा पैसा लाग्दैन । मुक्तिनाथ विकास बैंकको कार्ड प्रयोग गर्दा तपाईले जुनसुकै बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा निशुल्क सेवा पाउन सक्नुहुन्छ । योसँगै बैंकले डिजिटल अथवा अर्को अर्थमा भन्दा प्रविधिको प्रयोग गरी गरिने कारोबारहरुलाई पनि बढवा दिएको छ ।  मोवाईल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, क्युआर कोड, एटिएम जस्ता सेवाहरुलाई अझ चुस्त–दुस्त बनाउँदै लैजाने बैंकको रणनिति छ । नेपाल राष्ट्र बैंकको तथ्याङकलाई हेर्दा १५ वटा विभिन्न खाले ‘डिजिटल पेमेन्ट’ सँग सम्बन्धीत अभ्यासहरु हामीले गरिरहेका छौँ । डिजिटल कारोबारकै कुरा गर्दा मुक्तिनाथ विकास बैंक अन्य वाणिज्य बैंकहरुको तुलनामा राम्रो स्थानमा पर्दछ । ‘क्युवार कोड’को कुरा गर्दा हामी ‘टप सेकेन्ड’मै पर्छौ । समग्रमा भन्नुपर्दा कोरोना महामारीका बेला बैंक तथा वित्तिय संस्थाहरुले साँचै उत्साहजनक रुपले नगदरहित कारोबारलाई बढवा दिएको हुनाले अवसरका साथै जोखिम न्युनीकरणमा पनि ध्यान दिएको पाइन्छ ।

ठाउँ–ठाउँमा ‘एटीएम लाउन्ज’हरुको व्यवस्था निमार्णमा बैंक तथा वित्तिय संस्थाहरु लागिरहेको देखिन्छ । यो व्यवस्था यहाँलाई कस्तो लाग्छ ? 

‘एटीएम लाउन्ज’ हामीले देख्दै र सुन्दै आएका छौँ । अर्को अर्थमा यसलाई एटीएम घर भनेर बुझिन्छ । एकै ठाउँमा ४/५ वटा एटीएम मेसिनहरु राखेर सेवा दिने व्यवस्था गरिएको हुन्छ । मेरो विचारमा यस्तो सेवा त्यती तार्किक र व्यवहारिक हुँदैन कि जस्तो लाग्छ । यसमा एउटै एटीएम मेसीन राखेर सबैको डेबिट कार्डबाट पैसा निकाल्न सकिने व्यवस्था लागु भयो भने सबैको एकै ठाउँमा थुप्रै बैंकहरुको एटीम बुथ राख्नुपर्ने झनझट हुँदैनथ्यो । यसमा खर्च पनि बच्थ्यो र ग्राहकलाई पनि फाईदा हुन्थ्यो । सजिलो हुन्थ्यो । यो कुरालाई सबैले मनन गर्न जरुरी छ । जसरी अहिले रेडियोको प्रयोग हटेको छ, त्यसरी नै एटीएमको प्रयोग पनि भोलिका दिनहरुमा हटेर जान सक्छ । त्यसैले हामी अलिक प्रविधिमैत्री हुन जरुरी छ । 

मुक्तिनाथ विकास बैंकले राजधानीमा प्रधान कार्यालय खोलेको धेरै समय भएको छैन । तर यसको प्रगती कुनै वाणिज्य बैंकहरुको भन्दा कम छैन । यसको प्रगती देखेर वाणिज्य बैंकहरु स्वंयम आत्तिएको भन्ने बजारमा हल्ला छ । यसमा तपाई के भन्नुहुन्छ ? 

वाणिज्य बैंक र विकास बैंकमा भएका ग्राहकहरुमा हामी खासै फरक देख्दैनौ । सबैंको सेवा मोटामोटी एकै प्रकारको छ । खासै फरक छैन । विश्वव्यापीरुपमा जतीपनि खोज तथा अनुसन्धान भएका छन ग्राहकको सेवा खरिद निर्णयलाई धेरै प्रकारका कारकहरुले फरक पार्दछ । सम्बन्ध, मुल्य निर्धारण, समय, विश्वस्तता, उत्पादनको उपलब्धता लगायतका कारकहरुले बैंकको सम्पूर्ण कार्यहरुलाई फरक पार्दछ । आजको दिनमा मुक्तीनाथ विकास बैंक मात्रै नभई राष्ट्रिय स्तरका जतीपनि वाणिज्य बैंकहरु छन सबैले राम्रो गर्दै छन । समग्रमा भन्नुपर्दा यसले राज्यलाई नै राम्रो गरेको जस्तो हामीले देखेका छौँ । त्यसैले वाणिज्य बैंकहरुलाई त्यती धेरै आत्तिनुपर्ने अवस्था छैन । उहाँहरुले पनि अझ धेरै राम्रो गर्दै जान सक्नुहुन्छ । उहाँहरुमा हामीसँग भन्दा धेरै तालिमप्राप्त कार्मचारीहरु हुनुहुन्छ । स्रोत र साधन पनि उहाँहरुसँग धेरै छ । तर विकास बैंकको हकमा अर्थात मुक्तीनाथकै कुरा गर्दा माथिका कारकहरुमध्य ग्राहकहरुसँगको सम्बन्धलाई हामीले मुख्य रुपमा हेर्छौ । हामीले जुन सेवा दिन्छौँ त्यसमा हामी विशेष ध्यान दिन्छौँ । मुल्यमा केही तलमाथि मात्रै हो । त्यती धेरै फरक छैन । विश्वस्तताको कुरा गर्दा विकास बैंकहरुले अत्यन्तै राम्रो सेवा दिइरहेको अवस्था छ । जसरी मुक्तीनाथ विकास बैंकको प्रगती र यसले पार्ने सकरात्मक प्रभाव छ, यो अत्यान्तै उल्लेखीय छ । 

मुक्तीनाथ विकास बैंकको यही रफतार सदैव टिकाउनको लागि सञ्चालनका आगामी कार्यदिशाहरु कस्ता रहन्छन ? 

कुनै पनि व्यवसायको चारवटा चरणहरु हुन्छन । जन्मीने, त्यसको प्रगती, परिपक्कता र यसको घट्ने क्रम । यी चार चरणहरुका बारेमा हामीले पढ्दै र सुन्दै आइरहेको कुरा हो । मुक्तीनाथ विकास बैंक काठमाडौं आइपुगेको चार वर्ष पनि भएको छैन । स्थापनाको १५औँ वर्षमा हामी पुगेका छौँ । हामी विस्तारै देशव्यापी रुपमा आफ्नो उपस्थिती जनाउन खोज्दै छौँ । गत वर्ष हामीले एउटा विदेशी (युरोपियन माईक्रोफाइनान्स अवार्ड २०२०) र स्वदेशी गरी दुईवटा पुरस्कार पनि जित्न सफल भयौं । पुरस्कारसँगै हामीले १ लाख युरो नगद पुरस्कार पनि पायौँ । यो पुरस्कार मुक्तीनाथ विकास बैंकको लागि मात्र नभई समग्र वित्तिय क्षेत्र र नेपालको लागि पनि खुशीको कुरा हो । यसमा हामी सबैले गर्व गर्नुपर्छ । यससँगै हामीले प्रकाशन गर्ने वार्षिक प्रतिवेदन पनि आईक्यानले समेत मान्यता दिएको छ । यस्ता प्रगती र गर्व गर्न लायक कार्यले गर्दा हामीले ग्राहकहरुसँग गरेको जुन प्रतिवद्धता छ, त्यो अझ बढेर जानेछ । व्यवसाय धान्ने पाँवटा सरोकारवालाहरु हुन्छन । पहिलो त ग्राहकहरु नै हुन । दोस्रो हाम्रो नियमनकारी निकाय नेपाल राष्ट्र बैंक । उहाँहरुले दिएको निर्देशनमा हामी चलेका छौँ । उहाँहरुले भनेको कुरालाई हामीले कहिल्यै काट्दैनौँ । तेस्रो लगानीकर्ता । त्यसमा हामीले मिहनेत गरेर लगानीकताहरुलाई आवश्यक रिर्टन दिन सक्यौं भने उहाँहरु पनि यस संस्थासँग आवद्ध भइराख्नुहुन्छ । यससँगै उहाँहरुको सहयोग हामीलाई प्राप्त भइराख्नेछ । चौथो जुन ठाउँमा हामीले कारोबार गर्छौ त्यो ठाउँको समाज हो । त्यहाँ हामीले राम्रो प्रभाव पार्न सक्यौ अथवा यो संस्था यहाँ भइदिएको राम्रो छ भन्ने आभास प्रदान गर्न सक्यौं भने त्यसले हामीलाई टिकाउन सजीलो हुन्छ । पाँचौ, सबैभन्दा महत्वपूर्ण हाम्रो कम्पनीमा काम गर्ने कर्मचारीहरु हुन । यदी यो संस्थाले राम्रो कर्मचारी लिन सक्यो, र उनीहरुको वृद्धि विकासमा विशेष ध्यान दिन सक्यो भने संस्था बलियो बन्छ । 

सिईओ पोख्रेलको विचारमा संस्था टिकाउने पाँचवटा स्टेकहोल्डरहरु   
–    ग्राहक
–  नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको दिशानिर्देशन 
–   लगानीकर्ता
–  कारोबार गर्ने ठाउँ (समाज)
–   कर्मचारी वर्ग 

यतीबेला कोभिड विस्तारै सेलाउँदै गइरहेको छ । त्रास विस्तारै कम हुँदैछ । त्यसकारण आर्थिक कारोबार विस्तारै बढ्दै गइरहेको छ । यही विषयलाई ध्यानमा राखी हामीले हाम्रो उपस्थिती जनाउँदै काम गर्न सक्यौँ भने संस्था अझ बलियो हुने पक्का छ । मलाई लाग्छ हामी बल्ल जन्मेका बच्चा छौँ । हामीले गर्नुपर्ने अझै धेरै छ । हामी विस्तारै मुलुकभरी छाउँदै छौँ । मुलुकको आर्थिक वृद्धिदर पनि विस्तारै बढ्दै छ । हामीसँग ग्राहकहरुको विश्वास छ । त्यसैले संस्था नटिक्ने, टिक्न गाह्रो, अफ्ठ्यारो भन्ने कतैबाट पनि छैन । 

व्यक्तीगत आवधिक (घर तथा गाडी) कर्जामा नियमनकारी निकाय राष्ट्र बैंकले निश्चित ब्याजदर तोक्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दियो । यो नियम आम जनताका लागि ठिक हो ? 

स्थीर ब्याजदरको विषयमा म पूर्णरुपमा सहमत छु । कुनै पनि ऋीणीहरुलाई १०/१५ वर्ष स्थीर ब्याजदरमा कर्जा दिने जुन विचार एक हिसावले गलत होइन । किनभन्दा एउटा व्यक्तीको आय एउटा गतीमा बढिरहेको हुन्छ । जस्तै उदाहरणका लागि ‘आजको दिनमा तपाईको आम्दानी १०० रुपैँया छ । मासि २० रुपैँया दिनेगरी तपाईले कर्जा लिनुभयो । तर भोली गएर तपाईको समान मासिक किस्ता (इएमआइ) ६० रुपैँया भइदियो भने तपाईलाई गाह्रो पर्न जान्छ । त्यसैले सैदान्तिक हिसावले यो नियम गलत होइन । यसमा म मात्रै नभई बिवेक प्रयोग गरी सोच्ने जतीपनि हुनुहुन्छ । उहाँहलाई पनि यस्तै लाग्छ । तर यसमा केही कमी कमजोरीहरु हुन सक्छन । किनभने नेपालका बैंक तथा वित्तिय क्षेत्रमा यो पहिलो अभ्यास हो । यसमा हामीले पनि नेपाल राष्ट्र बैंकलाई केही रायसुझावहरु दिएका छौँ । यसमा सुधार गर्नुपर्ने कुराहरुमा राष्ट्र बैंकले अध्ययान पनि गर्दै जानेछ भन्ने हाम्रो अपेक्षा छ । 

बैंकहरुलाई सधैं टाउको दुखाईको विषय बन्ने खराब कर्जा यतीबेला बढिरहेको देखिन्छ । मुक्तीनाथ विकास बैंकको अवस्था कस्तो छ ? 

मुक्तिनाथ विकास बैंकको खराब कर्जा अनुपात यतीबेला ०.११ प्रतिशत मात्रै छ । तर राष्ट्र बैंकको तथ्याङकलाई केलाउँदा मुक्तिनाथ विकास बैंक एतिहासीक रुपले कम खराब कर्जा भएको बैंक मानिन्छ । तर पुसको तथ्याङक हेर्दा यो अलिकति मात्रै बढेको छ । तर कोभिडका कारण बैंकहरुले लगानी गर्ने मुख्य क्षेत्रहरु जस्तै यातायात, पर्यटन तथा उद्योग कलकारखानाहरुमा कर्जा उठ्न नसकेको देखिन्छ । यो विस्तारै पुरानै लयमा फर्कदै छ । यसमा म क्रण तिर्न सक्छु, तिर्छु भन्ने अनुशासीत ग्राहकहरुप्रति बैंक तथा वित्तिय संस्थाहरु पनि अलिक लचिलो हुनुपर्छ । नेपाल राष्ट्र बैंकले यसप्रति खेलेको भूमीका अत्यान्तै प्रभावकारी छ । खराब कर्जा अहिलेको अवस्थामा ठिक छ । आत्तिनुपर्ने त्यस्तो कुनै कुरा छैन । 

नेपाल कृषि प्रधान देश हो ? तर कृषि क्षेत्रमा बैंकहरुको लगानी अत्यान्तै न्युन छ । कृषि क्षेत्रमा बैंकहरुको लगानी डुब्ने डर हो ?

उत्पादनशील क्षेत्रमा लगानी गर्दा त्यहाँ गरिने अनुगमन, मिहनेत, प्रयासहरु जती पनि कुराहरु छन केही झनझट पक्कै छन । खर्चिलो पनि छ । कृषि क्षेत्रको उत्थानको र लगानीको हकमा मुक्तिनाथ विकास बैंक पहिलेदेखि नै लाग्दै आइरहेको छ । मुक्तिनाथ विकास बैंक गाउँमा स्थापना भई बजारमा झरेको बैंक हो । तर, अरु संस्थाहरुको कुारा गर्दा शहरमा स्थापना भई ग्रामीण भेगमा पुगेका छन । त्यसैले शहरमा स्थापना भएका बैंकहरुलाई ग्रामिण कृषि क्षेत्रमा लगानी गर्नलाई गाह्रो परेको देखिन्छ । नेपालको भौगोलिक परिस्थितीको कुरा गर्दा यहाँ केही त्यस्ता क्षेत्रहरु छन, जहाँ बैंक तथा वित्तिय संस्थाहरुले लगानी गरी बलियो बन्न सक्छन । पहिलो कृषि, जहाँ ८० प्रतिशत जनताहरु कृषिमा आधारीत छन । हामीले कृषि प्रधान देश त भनेका छौँ तर नेपालको अर्थतन्त्रको कुल ग्राहस्थ उत्पादन (जिडिपि) मा यसको योगदान करिब २८ प्रतिशत मात्रै छ ।

\"\"८० प्रतिशत जनताको सहभागिता र २८ प्रतिशत योगदानको बीचमा हामीले धेरै काम गर्नुपर्ने देखिन्छ । अर्को अर्थमा भन्दा हामी अझ धेरै कृषिमा काम गर्न सक्छौँ । कृषिमा आधुनिकिरण, यो सँग सम्बन्धीत नितिका कुराहरुमा केही सरकारले त केही निजि क्षेत्रहरुले काम गर्नुपर्ने देखिन्छ । यसबीचमा धेरै तालमेल मिलाएर अगाडी बढ्नुपर्ने देखिन्छ । केही बाधा अढ्चनहरु पनि छन । यसमा मुक्तीनाथ विकास बैंकले त अत्यन्तै ध्यान दिइरहेको छ । अरु बैंक तथा वित्तिय संस्थाहरुले पनि उत्तिकै चासो देखाउनुपर्ने देखिन्छ । हाम्रो भविष्यको एउटा पिल्लर भनेको कृषि हो । अर्को पर्यटन हो । त्यसपछि बल्ल उद्योग तथा कलकारखाना । सास फेर्नको लागि अक्सीजन चाहिन्छ भने खानको लागि खाद्यन्न चाहिन्छ । खाना नभई हामी बाँच्न असम्भव छ । त्यसैले जवसम्म मानव जातिको अस्तीत्व रहन्छ तबसम्म कृषिको सम्भावना पनि रहन्छ । त्यसकारण सबैले यसमा ध्यान दिन जरुरी छ । यो विस्तारै व्यवसायिक हिसाबले अगाडी बढ्दै पनि छ । नियमनकारी निकाय राष्ट्र बैंकको आवश्यक फोकस पनि कृषिमा छ । आगामी दिनहरुमा यो राम्रो हुँदै जानेछ भन्ने हामीले अपेक्षा गरेका छौँ ।  

राष्ट्र बैंकको निति अनुसार मर्ज/एक्वायर वा विदेशी साझेदारी भित्रउने योजनामा यतीबेला बैंकहरुले कसरत गर्ने गरेको पाईन्छ । मुक्तिनाथ विकास बैंकको योजना के छ ? 

अहिले मुक्तिनाथ विकास बैंक कुनै संस्थामा बिलय हुनुपर्ने कुनै आवश्यकता छैन । मुक्तिनाथ विकास बैंकले आफैले राम्रो काम गर्दै छ । समग्र आर्थिक क्षेत्रमा, समाजमा बैंकले समग्र रुपमा विश्वास जितेको छ । प्रगती गर्नका लागि आवश्यकता पर्ने सम्पुर्ण विषयहरु हामीसँग छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको लागि तोकेको आवश्यक पुँजी, त्यो पुुग्न समय लाग्दैन । समग्रमा बैंकले राम्रो काम गरेको छ । पुँजी पनि पुुगेको छ । भविष्यमा राष्ट्र बैंकले तपाईं वाणिज्य बैंकमा अपग्रेड हुनुुहोस भन्न सक्छ । नभने पनि हामीले जुन काम गरिरहेका छौं, त्यसमा सरोकारवालाहरु र शेयरधनीहरुलाई चित्त बुुझाएर काम गर्न सक्यौं भने संस्था टिकिरहन्छ । हामी दिगो र उत्कृष्ट ढङ्गले अघि बढ्छौं, निरन्तर प्रगती गर्छौ र यसको प्रभाव निकट भविष्यमा पनि देखिरहनेछ ।
\"\"