सामाजिक सञ्जाल दुरुपायेग हुने क्रम रोकिएन, गर्भनरदेखि बैंककै सीईओसम्म पीडित

सामाजिक सञ्जाल दुरुपायेग हुने क्रम रोकिएन, गर्भनरदेखि बैंककै सीईओसम्म पीडित


काठमाडौं- केहीदिन अघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको तस्विर र नाम राखि फेक ह्वाटसप अकाउन्ट बनाएको पाइयो । अधिकारीको नाम र तस्विर दुरुपयोग गरि विभिन्न व्यक्तिसँग संवाद गरेको भेटिएपछि सो अकाउटबाट सजग सहन तत्काल राष्ट्र बैंकले एक सुचना जारी गर्यो ।

त्यस्तै, बिहिबार एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेको पनि तस्विर र नाम राखि फेक अकाउन्ट बनाएको पाइयो । न्यौपानेले पनि आफ्नो फेक अकाउट खोलिएको सुचना सामाजिक सञ्जाल फेसबुकमा राख्दै सजक हुन आग्रह गरे ।

पछिल्लो समय बैंकरहरुको नामबाट फेक इमेल आइडि बनाई इमेल गर्दै विभिन्न काम देखाई मोबाइल नंम्बर मागेर ह्वाटसपमा मेसेज गर्ने गरेको पाइन्छ । त्यस्तै, नेपाल क्लियरिङ हाउसका प्रमुख निलेशमान प्रधानको भाइबर अकाउन्ट पनि दुरुपयोग गरेको पाइयो । उनले पनि सामाजिक सञ्जाल फेसबुक मार्फत सो जानकारी गराएका हुन् ।

त्यस्तै, बिहिबार एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामेन रायमाझिको पनि तस्विर र नाम राखि फेक अकाउन्ट बनाएको पाइयो । उनले पनि आफ्नो फेक अकाउट खोलिएको सुचना सामाजिक सञ्जाल फेसबुकमा राख्दै सजक हुन आग्रह गरे । उनले आफुले पैसाको कारोबार कहिँल्यै पनि मेसेजमार्फत नगर्ने भन्दै त्यस्ता केही मेसेज आए आफुलाई फरवार्ड गर्न आग्रह गरे ।

यी त प्रतिनिधि घटना हु्न् यस्ता कार्य दिँनहु जस्तो भइरहेको देखिन्छ । यसरी हेर्दा सामाजिक संञ्जालको बढ्दो प्रयोगले यसको सुरक्षामा जोखिम बढाएको छ । अन्य मोबाइल नम्बर राख्ने र विभिन्न व्यक्तिको नाम र तस्विर प्रयोग गरेर लाभ लिने कार्य भईरहेको छ । सामाजिक सञ्जालका विभिन्न माध्यमको दुरुपयोग गरी आर्थिक लाभ लिने मनसाय राखेर पनि अपराध गर्ने गरेको हुन सक्ने साइबर ब्युरोको बुझाई छ । अहिले आमसर्वसाधारणको पनि ह्वाटसएप, भाइबर, फेसबुकजस्ता अन्य सामाजिक सञ्जाल दुरुपयोग गर्ने र आर्थिक लाभ लिने क्रम बढेको छ ।

नेपाल प्रहरीको तथ्यांकअनुसार सामाजिक सञ्जाल दुरुपयोगमा गत आर्थिक वर्षमा मात्र १२ हजार बढि उजुरी दर्ता भएका छन् । चालु आर्थिक वर्षमा साइबर अपराधसँग सम्बन्धित ४ हजार वटा उजुरी आइसकेको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ । यो त प्रहरीमा पुगेको घटनाको तथ्यांक हो । अपराधको संख्या योभन्दा बढी हुनसक्ने जानकारहरुको बुझाई छ । यस्ता कार्य बढ्दै जाँदा आमसर्वसाधारण पनि सजग रहन आवश्यक देखिन्छ ।