आज अमेरिकी डलरको भाउ बढ्यो, कतिमा खरिदबिक्री हुँदैछ ?

आज अमेरिकी डलरको भाउ बढ्यो, कतिमा खरिदबिक्री हुँदैछ ?


काठमाडाैं – बिहीबार अमेरिकी डलरको भाउ बढेको छ । बुधबार एक अमेरिकी डलरको खरिददर १ सय ३२ रुपैयाँ ७३ पैसा रहेकोमा आज बढेर १ सय ३३ रुपैयाँ ३३ पैसा पुगेको हो । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्रीदर १ सय ३३ रुपैयाँ ३३ पैसा तोकेको छ ।

हिजो एक अमेरिकी डलरको खरिद मूल्य १ सय ३२ रुपैयाँ ६२ पैसा रहेको थियो भने बिक्रीदर १ सय ३३ रुपैयाँ २२ पैसा रहेको थियो ।यस्तै, आज एक युरोपियन डलरको खरिददर १ सय ४४ रुपैयाँ ३५ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ रहेको छ । त्यस्तै, एक पाउन्ड स्टर्लिङको खरिद मूल्य १ सय ६८ रुपैयाँ ३८ पैसा र बिक्री मूल्य १ सय ६९ रुपैयाँ १४ पैसा रहेको छ । राष्ट्र बैंकले अष्ट्रेलियन एक डलरको खरिद मूल्य ८७ रुपैयाँ दुई पैसा र विनीमय दर ८७ रुपैयाँ ४१ पैसा तोकेको छ।