काठमाडाैं – नेपाल राष्ट्र बैंकले फेरि बैंकिङ प्रणालीबाट २० अर्ब रुपैँया तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न बैंकले आज पुस ४ गते बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्ने भएको हो । जसका लागि बैंकले आज दिउँसो २ बजे बोलकबोल गर्दैँछ।
यो १४ दिने निक्षेप संकलन उपकरणको माघ १७ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
माघमा यो दोस्रोपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै राष्ट्र बैंकले बजारमा पैसा तान्न लागेको हो। हिजो बुधबार पनि राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तानेकाे थियो।
यसअघि राष्ट्र बैंकले पुसमा १० पटक र मंसिरमा ८ पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा तानेको छ। जसअनुसार पुसमा केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट कुल २ खर्ब १५ अर्ब रुपैयाँ र मंसिरमा १ खर्ब २५ अर्ब रुपैयाँ तानेको थियो।






About Us
प्रतिक्रिया