काठमाडाैं– चालु आर्थिक वर्षको पुस महिना मात्रै ६५ हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार पुस महिनामा ६५ हजार ८१३ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका हुन् । जसमा ५९ हजार ७२९ पुरूष र ६ हजार ८४ जना महिला रहेका छन् ।
गत आर्थिक वर्ष २०७९र८० को पुस महिनामा ६५ हजार ४६४ जना विदेशिएका थिए । त्यसरी जानेमा सबैभन्दा बढी यूएइ पुगेका छन् । यूएइका लागि १६ हजार ३८५ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा १३ हजार ८६० पुरूष र २ हजार ५२५ जना महिला रहेका छन् । त्यसपछि साउदी अरेबिया पुगेका छन् ।
जहाका लागि १४ हजार ३०७ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा १४ हजार २१५ जना पुरूष छन् भने ९२ जना मात्रै महिला छन् । त्यस्तै कतारमा १४ हजार १८ जना गएका छन् । जसमा १३ हजार १३५ पुरूष र ८८३ महिला रहेका छन् । त्यस्तै मलेसिया ८ हजार ९१, कुवेत ३ हजार ५१८, कोरिया १ हजार ४२५, जापान १ हजार १९९ जना गएको विभागको तथ्यांकले देखाएको छ ।योसँगै चालु आर्थिक वर्ष २०८० र ८१ को पहिलो ६ महिना (साउन–पुस) मा कामको खोजीमा ३ लाख ४३ हजार ४ सय ५ नेपाली विदेशिएका छन् ।



About Us
प्रतिक्रिया