हटेन बजारमा अधिक तरलता , ३० अर्ब तान्दै राष्ट्र बैंक

हटेन बजारमा अधिक तरलता , ३० अर्ब तान्दै राष्ट्र बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ३० अर्ब रुपैयाँ तान्न लागेको हो ।

केन्द्रीय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्नेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

साँवा र ब्याज भुक्तानी मिति माघ १७ गतेसम्म निर्धारण भएको छ । ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय सस्थाहरुले घटीमा १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।