ग्लोबल आइएमई क्यापिटलको सीइओमा लुँईटेल नियुक्त


काठमाडौं–ग्लोबल आइएमई क्यापिटल लिमिटेडको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतको पदमा मन्दिप लुँईटेल नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिले २०८० साल पौष २९ गते उनलाई माघ १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि उक्त पदमा नियुक्त गरेको हो ।

लुँइटेल यस अघि सानीमा क्यापिटल लि। मा इन्भेष्टमेन्ट बैंकिङ्गको प्रमुखको रुपमा दोस्रो वरियतामा रही विगत साढे ६ वर्षदेखि कार्यरत थिए। भारतको पुनेबाट एमबिए गरेका लुँइटेलले काठमाण्डौं विश्वविद्यालयबाट ईन्जिनियरिङ्गमा स्नातकोत्तर तहको योग्यता पनि हासिल गरेका छन् ।

भारतको मुम्बईस्थित आइसिआइसि बैंकमा करीब डेढ वर्ष क्यापिटल मार्केटस्ट्रक्चर्ड फाइनान्स ग्रुपमा म्यानेजर भई काम गरेका निज लुँइटेलले नेपालका पूँजी बजारको बारेमा विशेष दखल रहेको पाइन्छ ।

ग्लोबल आईएमई क्यापिटलका सीइओ पारसमणि ढकालको कार्यकाल सकिएपछि क्यापिटलमा सीइओ पद रिक्त थियो ।