नेप्से ३१.६२ अंकले बढ्दा कारोबार रकम ५ अर्ब माथि

नेप्से ३१.६२ अंकले बढ्दा कारोबार रकम ५ अर्ब माथि


काठमाडौं,

साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक आज ३१.६२ अंकले बढेर २१२०.६२ को विन्दुमा उक्लिएको छ। स्टक मार्केटमा आइतबार एक करोड ६६ लाख ५ हजार २३४ कित्ता शेयर किनबेच हुँदा पाँच अर्ब ४५ करोड चार लाख २१ हजार ८०६ रुपैयाँको कारोबार भयो । बजार बढ्दा २११ कम्पनीको शेयरभाउ बढेको छ भने ३३ वटाको शेयरभाउ घटेको छ। तीनवटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।