प्रभु बैंकले घटायो ब्याजदर , नयाँ ब्याजदर कति ?


काठमाडौं,

प्रभु बैंकले माघ महिनाका लागि ब्याजदर घटाएर सार्वजनिक गरेको छ। बैंकले विभिन्न खातामा भोली माघ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.०६५ प्रतिशत र व्यक्तिगततर्फ ८.०६५ प्रतिशत ब्याजदर तोकेको छ ।

यसअघि पुसमा बैंकले संस्थागततर्फ ७ प्रतिशत, व्यक्तिगततर्फ ८ प्रतिशत र रेमिट्यान्समा १० प्रतिशत ब्याजदर तोकेको थियो । त्यस्तै बैंकले रेमिट्यान्स मुद्दतीमा भने ९.०६५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले फिक्स्ड दरमा कर्जा लिँदा भने बैंकले १४.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ।