काठमाडौं- राष्ट्रिय सहकारी महासंघ नेपालको अध्यक्षमा ओमदेवी मल्ल निर्विरोध निर्वाचित भएकी छिन् । महासंघको ३१औं वार्षिक साधारण सभाबाट मल्ल निर्विरोध निर्वाचित भएकी हुन् ।
सहकारी महासंघमा पहिलो पटक महिला नेतृत्व चयन भएको हो । उनि महासंघमा लामो समयदेखि सक्रिय रहेकी थिइन् ।
त्यस्तै, महासंघको वरिष्ठ उपाध्यक्षमा रमेशप्रसाद पोखरेल र महिला उपाध्यक्षमा इन्दिरा पन्त निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा डीबी बस्नेत, खेमबहादुर पाठक निर्वाचित भएका छन् ।
त्यसैगरी, लेखा सुपरिवेक्षण समितिको संयोजकमा भीम तुलाचन निर्वाचित भएका छन् । महासंघको सञ्चालकहरूमा टेकप्रसाद चौलागाई, हुमाकुमारी जिसी (अन्जु), बद्रीप्रसाद लम्साल, काशीचन्द्र बराल, परितोष पौड्याल, हरिहरनाथ योगी, माधवप्रसाद जोशी, शम्भु प्रसाद, छत्रप्रसाद रिमाल, पार्वती न्यौपाने, टिका न्यौपाने, नथुनी यादव, प्रेमप्रसाद सुवेदी जैसी, सुमन नेपाल, होमनाथ जैसी, एकता शाह, योगमाया सुवेदी, शारदा दहाल, कमला कुमारी र सुवेदी पौडेल निर्वाचित भएका छन् ।



About Us
प्रतिक्रिया