एनएलजी इन्स्योरेन्सले घोषणा गर्यो लाभांश



काठमाडौं,
एनएलजी इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको पुस २९ गते बसेको बैठकले गत वर्षको नाफाबाट ५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७९\८०को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार रुपैयाँको ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२९ प्रतिशत नगद गरी कूल ५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा प्राधिकरणले स्वीकृति दिएपछि वितरण हुने छ ।