कालिका लघुवित्तले लाभांश वितरण नगर्ने

कालिका लघुवित्तले लाभांश वितरण नगर्ने


काठमाडौं ।
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको मुनाफाबाट शेयरधनिहरुलाई लाभांश वितरण नगर्ने भएको छ । पुस २८ गते बसेको लघुवित्त सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने भएको हो ।

लघुवित्तले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा शेयरधनीहरुलाई तत्कालिन चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।