काठमाडौं,
कालिका लघुवित्त वित्तीय संस्थाले ३ जना संस्थापक शेयरधनीहरुको नाममा रहेको ६१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
यसमा हाल कायम विद्यमान संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीहरुले संस्थाको केन्द्रीय कार्यालय पोखरा–१०, कास्कीमा ३५ दिनभित्र निवेदन पेश गर्नुपर्नेछ । तोकिएको समयभित्र विद्यमान संस्थापकहरुबाट शेयर खरिद गर्न आवेदन प्राप्त नभएको खण्डमा कम्पनीले उक्त शेयर अन्य व्यक्ति वा संस्थाका लागि बिक्री खुला गरिने जनाएको छ ।
प्रतिक्रिया