धौलागिरी लघुवित्तले लाभांश वितरण नगर्ने

धौलागिरी लघुवित्तले लाभांश वितरण नगर्ने


काठमाडौं- धौलागिरी लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ ।
पुस २५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गर्दै पहिले गरेको लाभांश वितरणको प्रस्ताव रद्ध गरेको हो ।

कार्तिक २२ गते बसेको बैठकले भने कम्पनीको हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।