‘हामीले नगरे कसले गर्छ ?’

‘हामीले नगरे कसले गर्छ ?’


नारायणदास मान्नधर

प्रमुख कार्यकारी अधिकृत

प्राइम कमर्सियल बैंक लिमिटेड

प्राइम कमर्सियल बैंक यस बर्ष एसिया प्रसान्त क्षेत्रको उत्कृष्ट बैंकको रुपमा छनोट भएको बैंक हो । बैंकलाई बेलायतको अक्सफोर्ड अन्र्तगतको युरोप विजनेश एसेम्बली (Europe Business Assembly: EBA) ले २०१६ को प्रस्टिजिएम इन्टरनेशनल अवार्ड प्रदान गरेपछि यस बैंकमाथि मानिसहरुको चासो र विश्वास दिनप्रतिदन बढ्दै गएको छ । प्राइम बैंकले उत्कृष्ट व्यवस्थापन, कर्मचारीलाई राम्रो सेवा सुविधा तथा सेवाग्राहीलाई राम्रो सेवा दिएको भन्दै उक्त संस्थाले अवार्ड प्रदान गरेको थियो । इबीले कम्पनीको कार्यसम्पादन, प्रभावकारीता, स्पष्ट दृष्टिकोण, सफल नेतृत्व, सृजनशिलता र नयाँ आविष्कार उच्च व्यवसायिकता, व्यवस्थापकिय कुशलता अचार र संस्थागत सामाजिक उत्तरदायित्व लगायतका विषयमा मुल्याङकन गरेर अवार्ड प्रदान गरेको हो ।

\"Narayanprime3\"

विनाशकारी भुकम्पपछि प्राइम बैंकले एक करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको थियो । भुकम्पका कारण विपतमा रहेका नागरिहरुलाई बैंकले खाद्यन्न, त्रिपाल जस्तापाता लगायतका भौतिक सामग्रीहरु वितरण गर्नुको साथै भुकम्प प्रभावित क्षेत्रमा डाक्टर लगेर सेवा प्रदान गरेको थियो । घर भत्किएर त्रिपालमा बसेका पीडितहरुलाई आत्मनिर्भर बनाउको लागि बैंकले निशुल्क बिऊबिजन वितरण गरेर विपतको बेला ठूलो सहयोग उपलब्ध गराएको थियो ।

खासगरी बैंकले जलविद्युत  र कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको छ । प्राइम बैंकले स्थापना कालदेखि नै  लगानीकर्तालाई राम्रो प्रतिफल दिदै आएको छ ।

गत आर्थिक बर्षमा कम खर्च गरेर बढी नाफा कमाउने बैकमध्ये प्राइम बैंक पहिलो सूचिमा रहेको थियो । बैंकले विशेषगरी जलविुद्यत, सिमेन्ट उद्योग, कृषि, उद्यमशिलता लगायतको क्षेत्रमा लगानी गर्दै आएको छ । यसै विषयमा केन्द्रीत रहेर प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरसँग बैकिङ्ग क्षेत्रको अवस्था, राष्ट्र निर्माणमा बैकिङ्ग क्षेत्रले निर्वाह गर्नुपर्ने भूमिका र आगामी दिनको योजना लगायतको विषयमा केन्द्रीत रहेर बैकिङ्ग समाचारका लागि राजु ढुङगेलले गरेको कुराकानीः–

अहिलेको बैकिङ्ग क्षेत्रको अवस्था कस्तो छ ?

–अहिले बैकिङ्ग क्षेत्रको अवस्था धेरै राम्रो  छ । राम्रो बनाउने देन नेपाल राष्ट्र बैंकको हो । राष्ट्र बैंकले नियमन निकाय भएर  सययमा नै शसक्त रुपमा भूमिका खेल्दा बैकिङ्ग क्षेत्र राम्रो भएको हो । राष्ट्र बैंकले समयमा नै सकारात्मक भूमिका निर्वाह नगरेको भए हाम्रो देशमा पनि ठूलो दुघर्टना हुन्थ्यो । जुन दुघर्टनाबाट राष्ट्र बैंकले जोगाएको छ । बैकिङ्ग क्षेत्रमा रहेका विकृति र विसङ्गतीलाई समसामहिक नीति ल्याएर कन्ट्रोल पनि गर्यो । यस कारण बैकिङ्ग क्षेत्रको अवस्था  राम्रो छ ।

\"Narayanprime\"मानिसहरुलाई आत्मनिर्भर बनाउने प्राइम बैंकको के योजना छ ?

–हाम्रो मुख्य उदेश्य नै आम नेपालीहरुलाई आत्मनिर्भर बनाउने हो । त्यसको लागि तत्कालिन र दिर्घकालिन कार्यक्रमहरु बनाएका छौं । पाटनमा युवाहरु त्यतिकै बसिरहेका थिए । मूर्तिहरु बनाउनको लागि डिमान्ट आउदा धान्न नसक्ने अरु महिना बेरोजगार हुने अवस्था देखियो । धेरै युवाहरु मुर्ति बनाउने पेसा नै छोडेर विदेशिन थाले । युवा विदेश जाने भएपछि सीप पनि विदेशिने भयो । । पाटनको पहिचान नै समाप्त हुने भो । त्यसका लागि खोलिएका संघ संस्था के–का लागि ? त्यस क्षेत्रलाई बचाउन केही गर्नु पर्यो भनेर हामीले विशेष योजना अगाडि सार्यौं । पाँच जना सामुहिक रुपमा जमानी बसेपछि बिना धितो हामीले ऋण उपलब्ध गरायौं । अहिले बाह्रै महिना काम गरेका छन् । बैंकको ऋण पनि तिरेका छन् । कमाई नभएपछि बेइमानी गर्ने बाँध्यताको कुरा हो । व्यवसायबाट कमाई भयो भने बेइमानी हुन कोही पनि खोज्दैन ।

घर जग्गा भएर पनि न्युरोड क्षेत्रका बासिन्दाले बैंकबाट ऋण पाउदैनन भन्छन नि  ?

न्युरोड क्षेत्रमा सयौं बैंकहरु छन् ।  घर  सम्पत्ति छ ।  व्यवसाय  पनि छ, तर ऋण पाउदैन्थे । बैंकले आफ्नो लगानी सुरक्षित बनाउनको लागि मोटर बाटोले छोएको घर जग्गालाई मात्र प्राथमिकता दिन्छ । न्युरोडमा त गल्ली र चोकभित्र कहाँबाट मोटरबाटो जान्छ ? यहाँका बासिन्दासँग सीप र आम्दानी छ ।  पहिलो पटक हामीले यो एरियालाई ऋण उपलब्ध गराएका छौं । काम गरेका छन् । ऋण तिरेका छन् । वत्ति मुनिको अध्याँरो न्युरोड क्षेत्रलाई हामीले झलमल्ल पार्ने काम गरेका छौं ।

बैंकहरुले अनुत्पादक क्षेत्रमा बढी लगानी गर्छन भन्छन नि किन ?

दुई पैसा राखेर पाँच पैसाको आम्दानी भयो भने उत्पादनमुलक भन्छन । तर देशको अर्थतन्त्रको समष्टिगत रुपबाट हेर्दाखेरी त्यो मात्र पनि होइन । घर बनाउन पैसा दिएको छ । अनुत्पादक हो भन्दा मलाई ताजुक लाग्यो । दुई मानेमा एउटा  विज्ञहरु उद्योग धन्दा कलकारखाना फस्टाउन सकेन भनिरहनुभएको छ साथै आउने सम्भावना छैन भन्नुहुन्छ । त्यो बेलामा रोजगारी सृजना कसरी गर्ने त ? घर बनायो भने धेरैले काम पाउछन .  केही भएन भने बनाएको बाटो फेरी भत्काएर पनि बनाउनु पर्छ । किनकी रोजगारी सृजना गर्नको लागि । विज्ञहरुबाट यस्तो प्रतिक्रिया आउदा दिक्क लाग्छ । घर बनाउदा सिमेन्ट बालुवा, माटो गिटी विक्री हुन्छ।  डकर्मी सिकर्मीले काम पाउछन । हेर्ने कसरी हो ? समय अनुसार पनि व्याख्या हुनु पर्यो ।

बैकिङ्ग क्षेत्रमा रहेको विकृति र विसङ्गति हटाउने कसले के गर्नुपर्छ ?

जब कि देशमा परिवेश यस्तो छ भने बैकिङ्ग क्षेत्र मात्र कसरी अछुतो होला ? राष्ट्र बैंकले समयमा नै धेरै कुराको उजागर गरिदियो । धेरै कुरामा पारदर्शी बनाएको छ । नियमन निकाय त हरेक क्षेत्रमा छन् । । वाणिज्य उद्योग क्षेत्र जहाँ पनि छ तर थाहा छैन । राष्ट्र बैंकले खेलेको भूमिका निकै प्रशसंनीय र स्मरणयोग्य छ । त्यो अनुसार सुधार पनि ल्याएको छ । राष्ट्र बैंकले अहिले ल्याएको नीति ठिक छ  भनेर मात्र अब केही गर्नु पर्दैन भन्ने होइन । अझै परिमार्जन गर्नुपर्ने होला । राष्ट्र बैंकले आफ्नो नीतिमा परिमार्जन गर्नुपर्ने आवश्यकता छ । राष्ट्र बैंकले क्यापिटल पावर बढाउनु पर्छ भनेर नीति ल्यायो । यो राम्रो कुरा हो ।  अब जनताको पैसासँग खेलवाड गर्नु भएन । लगानी गर्ने क्षमता बढाउनु पर्यो ।  पुँजी मात्र बढाएर हुन्छ त ? शेरहोल्डरलाई के गर्ने त ? अहिलेको पोलिसी अनुसार कुनै पनि बैंकले लगानी गर्दैनन् । एउटा प्रोजेक्टमा हाम्रो बैंकले लगानी गर्दैन । लगानी गर्ने पाटोमा राष्ट्र बैंकले समायानुकुल नीति ल्याउनु पर्छ ।

प्राइम बैंकले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न कसरी सफल भयो ?

यो कुनै निवेदन भनसुन गरेर पाएको अवार्ड होइन । यो अपरझर्ट आएको चिज हो । बुझ्दै  जाँदा बेलायतको अक्सफोर्ड अन्र्तगतको युरोप विजनेश एसेम्बली (इबीए)ले प्रदान गरेको अवार्ड हो । अवार्ड दिने संस्थाले विज्ञप्ती नै जारी  गरेर के–के कारण दिनुपरेको हो भनेर स्पष्ट पारेको छ । पुँजीगत  रुपमा पनि हामी टपमा नै छौ ।  व्यवस्थापनदेखि स्टाफसम्म मुल्याङकन गरेको छ । यो अवार्ड देशको लागि नै गर्वको विषय हो । सुरुमा त मैले स्वीकार गरिन । मलाई भौतिक प्रगति पद र पदक भन्नेमा इच्छा छैन् ।

गोरखा दक्षिणबाहु दिदा समेत मैले लिइन । बैंक अफ दि इयर भनेर प्रदान गरेको अवार्ड देशको लागि पनि हो । यो गौरवको कुरा हो ।

 

 

\"Prime_Bank_Banner_EBA\"

विनाशकारी भुकम्पको समयमा यहाँहरुले कस्तो भूमिका निर्वाह गर्नुभयो ?

जनताको पैसाले चलेको संस्था हो । बैंकमा पैसा छ भन्दैमा जताभावी खर्च गर्ने कुरा भएन । प्रधानमन्त्री राहत कोषमा १ करोड रुपैयाँ जम्मा गरिदियौं । हामीले भुकम्प पीडितहरुको लागि खाद्यन्न पाल जस्तापाता, औषधी डाक्टरको टिम पठाएर सहयोग गर्यौ भुकम्पबाट विद्यालय जान नसक्ने विद्यार्थीहरुको लागि ब्याग वितरण गर्यौ । भुकम्प पछि गाउँमा पुगेर कृषकहरुलाई आफ्नो घर आफै सम्हाल भन्ने उदेश्यको साथ खेती गर्नको लागि विऊबिजन वितरण गरेर सहयोग गर्यौ । अवस्था निकै जटिल थियो तर पनि हामीले सेवा बन्द गरेनौ । सबैलाई डर त्रास थियो । बत्ति थिएन । तर पनि जहाँ–जहाँ खोल्न मिल्छ  त्यहाँ खोज्यौ । देशमाथि ठूलो विपति आइपर्दा सेवा बन्द गरेर बस्ने कुरै भएन । भुकम्पको समयमा हामीले भुकम्प पीडितहरुलाई ज्याला दिएर आफ्नो घर आफै सम्हाल र आत्मनिर्भर हुने अभियान चलायौं । खेतीपातीको समयमा हामीले कृषकको लागि चाहिने बिऊबिजन प्रदान गर्यौ । सिचाइँको लागि पाइपको व्यवस्थापन गर्यौं । अहिले ति कृषकहरु करोडौका मालिक भएका छन् । अहिले उनीहरुले सरकारको मुख ताक्नु परेन, आफै आत्मनिर्भर भएका छन् ।

लोडसेडिङको व्यवथापन  कसरी गरिरहनुभएको छ ?

समयमा नै सम्भाव्यता हुँदाहँदै पनि हामीले ठूला जलविद्युत आयोजना निर्माणको काम अगाडि बढाउन सकेनौं । अरुण तेस्रो आएको भए के हुन्थ्यो ? कुन महाशय हो अरुण तेस्रो रोक्ने ? भित्र के छ मलाई थाहा छैन । काममा विकृति छ भने सच्याउनु पर्यो ।  आज विद्युत नहुँदा बैकिङ्ग क्षेत्रले मात्र होइन देशभर कति खर्च भएको छ त्यो सरकारले देखेकै होला । त्यसको लेखाजोखा छ ? जेनेरेटर, सोलार,ब्याट्री कति चाहिएको छ । यो सब एक दुई जनाको अदुरदर्शिताको कारण हो ।

\"Narayanprime-next1\"विद्यमान लोडसेडिङ हटाउन प्राइम बैंकले के योजना बनाएको छ ?

–हाम्रो बैंक स्वदेशी बैंक हो । स्वदेशी भन्नुको माने हामी जोसँग कारोबार गर्छौ त्यो  स्वदेशी नै चाहियो । हो लोडसेडिङको कारण समस्या छ । अब विगत सम्झिएर गाली गर्ने कि हामी पनि केही गर्ने त ? हाम्रो बैंकले  पहिलो प्राथमिकता हाइड्रोपावर निर्माणलाई दिएका छौं । स्वदेशी बैंक भएकै कारण केही गरौं । केही बर्षभित्र नै सम्पन्न गर्ने गरी अढाइ सय मेगावाट विद्युत उत्पादनको लागि प्रसेस अगाडि बढाएका छौं । हाल देशमा साढे चार सय मेगावाट छ । अबको तीन बर्षमा केही योगदान होस भन्ने हाम्रो लक्ष्य रहेको छ । बैंकले गर्न सक्ने काम गरौं भनेर जलविद्युतलाई प्राथमिकतामा राखिएको हो । अरुलार्ई दोष देखाउनु भन्दा आफूले गर्न सक्ने काम हामी आफै गरौं । हामी पनि गर्न सक्छौं ।

अन्य बैंकको तुलनामा प्राइम बैंकले विपतमा परेका नागरिकहरुलाई दिने सुविधा के हो ?

राजधानी काठमाडौंका बाटोहरु फराकिलो पारियो । राम्रो मध्येमा यो काम पनि एक हो । बाटो विस्तार गर्दा धेरै मानिसहरुको घर भत्कियो । उनीहरुमाथि ठूलो आपतविपत पर्यो । हामीले हेर्यौं । भत्किएको घरमा उनीहरु पूरै टोलाएर बसेका छन् । जोसँग पैसा छ उनीहरुले घर बनाए ।  नहुनेहरुको अवस्था कठिन भएको देखेपछि हामीले मानविय सेवा पुर्याउने उदेश्यले उनीहरुलाई घर कर्जा दियौं । बैंकले १ अर्ब कमाउनुको सट्टा ९५ करोड मात्र कमाउदा के फरक पर्ला त ?

बैंकको  पुँजी कति छ ?

हाम्रो हाल ३२ वटा शाखा छन् । यसलाई विस्तार गर्ने योजनामा छौं । सेयरहोल्डर सत्तरी हजार छन्  त्यसैगरी चार सय भन्दा बढी कर्मचारी छौं । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ७४ करोड रुपैयाँ रहेको छ ।\"Narayanprime\"

कृषि प्रदान देशमा बैंकहरुले कृषि क्षेत्रमा लगानी  किन गर्दैनन ?

–कृषि प्रधान देश भन्छौ छ पनि । वाणिज्य वैंक पन्छिन खोज्छ । कृषि क्षेत्र खर्चिलो छ । पक्कै पनि हो । विवाद नै छैन् । त्यो भनेर हामी पन्छिन त ? कृषि विकास बैंकले मात्र सम्हाल्न सक्छ त ? हामी चुप लागेर बस्ने ? हामीले कुन–कुन ठाउँमा के–के गर्ने भनेर पहिचान गर्यौ । जहाँ सम्भाव्यता छ परम्परागत रुपमा खेती गरिदै आएको छ । जहाँ सिप र क्षमता छ । त्यो क्षेत्रमा हामी लाग्यौ । त्यसको लागि बाँधा छ । कार्यविधिको बाधा छ । जग्गा लिन हुने नहुने लगायतका समस्या छन् । तर पनि  हामीले निर्णय गर्दा पुग्छ । राष्ट्र बैंक र सरकारले रोकेको त होइन । जिरीमा चिज फ्याक्ट्री छ । स्वदेशमा मात्र होइन विदेशमा पनि माग छ । चौरीगाई पाल्ने मान्छे छैनन् । चौरीगाई पाल्न लेकमा बस्नु पर्यो । गाई पाल्नेसँग धितो के लिने त उता गाई नै लोभ हुन लाग्यो । त्यसको लागि हाम्रो बैंकले व्यवस्था मिलायौ । हामीले लगानी गर्यो काम राम्रो थियो फाइदा भयो । हामीले राम्रो बनाएपछि  हिमालय प्राजेक्टले देख्यो अहिले उ लागेको छ । हामी फर्कियौ । हामीले गरिरहनु पर्छ भन्ने छैन् । जसले गरे पनि भयो नि ?

कृषिलाई पकेट क्षेत्रको  रुपमा विकास गर्न खोजिरहेका छौं । नेपालमा चल्ला उत्पादन  हुँदैनथ्यो अहिले हाम्रो लगानीमा स्वदेशमा नै चल्ला उत्पादन गर्ने व्यवस्था मिलाएका छौं । कुखुरा पाल्नेहरुले अहिले भनेकै बेलामा चल्ला प्राप्त गर्न सक्छन् । काम नभएका दिदीबहिनीहरुलाई हामी आफैले काम दिएका छौं । सिलाईबुनाई मेसिन दिएका छौं । मेहनत गर्छन । आत्मनिर्भर हुन्छन । बैंकको ऋण तिर्छन । हामीले दिएको पुँजीबाट उसले उत्पादन गर्न सिकोस न । उसको कमाई पनि चल्छ । समाजको आर्थिक विकास पनि हुन्छ ।

\"Narayanprime-next\"

यत्रा धेरै बैंकहरुको भिडमा प्राइम बैंकलाई रोज्नु पर्ने कारण के हो ?

हाम्रो बैंकमा ग्राहकहरुलाई परिवार सदस्य भन्छौ । ऋणि भन्दैनौ । यहाँ भेटनको लागि अनुमति लिनु पदैन । आफ्नो घरमा आउन किन अनुमति किन चाहियो ?  ग्राहकको समस्या सुन्छौ र गर्न सकिने कामको लागि पर्खाइ राख्दैनौ तत्काल नै गरिहाल्छौ ।  आपत विपत पर्दा र अपठ्यारो पर्दा दुःखमा मलहम लगाउने काम गछौं । ऋण मात्र होइन प्राइम बैकको ग्राहक बन्दा दुःखको बेलामा पनि सहयोग गर्छ भनेर मानिसहरु हाम्रो बैंकमा आउने गर्छन । यो विश्वास आस्था र सदभावनलाई कायमै राख्नु हाम्रो एक मात्र उदेश्य हो ।  राम्रो कामको सुरुवात हामीले नगरे कसले गर्छ । अहिले हाम्रो देशभर गरेर पौने दुई लाख ग्राहकहरु रहेका छन् । जो ग्राहक छन् कोही पनि दुःखी छैनन् । सबै खुसी छन् । यो हाम्रो सम्पत्ति हो ।

आगामी दिनको योजना के छ ?

देशले प्राथमिकता दिएको काममा हामी जान्छौं । हामी कृषिमा विशेष रुपमा प्रवेश गरौ भनेर योजना बनाएका छौं । धादिङ चितवन र मकवानपुरमा पकेट क्षेत्र हेरेका छौं । कृषकलाई घर आँगनमा नै पैसा पुर्याएर कृषि क्षेत्रमा आर्कषित गराउन चाहेका छौं । नयाँ प्याकजे लिएर जादैछौ ।