नेपालले ५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने विश्व बैंकको प्रक्षेपण

नेपालले ५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने विश्व बैंकको प्रक्षेपण


काठमाडौं,

विश्व बैंकले सार्वजनिक गरेको ‘विश्वव्यापी आर्थिक सम्भावना’ प्रतिवेदन सार्वजनिक भएको छ । विश्व बैंकले नेपालको आर्थिक वृद्धि आगामी वर्ष ५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बैंक अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालले ५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने अनुमान गरिएको हो ।

चालु आर्थिक वर्षमा भने ३.९ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान विश्व बैंकले यसअघि नै गरिसकेको छ । गत वर्ष नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशतमा सीमित भएको थियो । सन् २०२४ मा विश्वव्यापी आर्थिक वृद्धि घट्ने विश्व बैंकको प्रक्षेपण छ । सन् २०२३ मा २.६ प्रतिशत रहेको विश्वव्यापी आर्थिक वृद्धि सन् २०२४ मा २.४ प्रतिशत रहने देखिएको हो ।

त्यस्तै विकासोन्मुख देशहरुको आर्थिक वृद्धि ३।९ प्रतिशत रहने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको भन्दा १ प्रतिशत कम हो । अतिकम विकसित मुलुकहरुको आर्थिक वृद्धि पनि थप कमजोर हुने देखिएको छ । विश्व बैंकको प्रक्षेपणअनुसार अतिकम विकसित मुलुकहरुको आर्थिक वृद्धि ५.५ प्रतिशतमा झर्नेछ । सन् २०२४ को अन्त्यमा चारवटा विकासोन्मुख देशमध्ये एउटा र अतिकम विकसित मुलुकका ४० प्रतिशत मानिस गरिबीको रेखामुनि रहनेछन् । यो सन् २०१९ को कोभिड(१९ अघिकै अवस्था हो । विकसित देशहरुको आर्थिक वृद्धि पनि सन् २०२३ को १।५ प्रतिशतबाट १।२ प्रतिशतमा झर्ने विश्व बैंकको अनुमान छ ।